काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी ठूलो मानवीय क्षति गरेको छ। रसुवा र नुवाकोटका दर्जन बस्ती नै बगाएको छ भने एक हजारभन्दा धेरै सम्पर्कविहिन छन्।
बाढीले ४० भन्दा धेरै पक्की पुल बगाएको छ।
गृह मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म १६२ जनाको शव भेटिएको छ ।
बाढीपछि ६ सय भन्दा धेरै पर्यटक सम्पर्कविहिन छन्। ८५ जना सुरक्षाकर्मी नै सम्पर्कविहिन रहेको गृह मन्त्रालयले जनाएको छ। भन्सार र अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कमा छैनन्।
नेपाल चीन सीमामा आएको भूकम्पपछि हिमपहिरो आएको र हिमनदीको मुख खुलेर ठूलो बाढी आएको प्रारम्भिक आकलन गरिएको छ ।
बाढीले रसुवागढीसहित टिमुरे र स्याफ्रुबेंशी बजार बगाएको छ। त्यस्तै, नुवाकोटको बेत्रावती क्षेत्रमा ठूलो क्षति गरेको छ। त्रिशुली बजार र देवीघाटमा पनि घरहरु बगाएको छ। सरकारले राहत र उद्धाका लागि सहयोग गर्न अपिल गरेको छ ।