Facebook Twitter Instagram
    MahendranagarPost
    Facebook Twitter Instagram
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • विचार
    • आन्तरिक मामिला
      • नेपाली सेना
      • नेपाल प्रहरी
      • राष्ट्रिय अनुसन्धान विभाग
    • मनोरञ्जन
    • विश्व
    • खेलकुद
    MahendranagarPost
    Home » स्थानीय तह निर्वाचन: मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य
    समाचार

    स्थानीय तह निर्वाचन: मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य

    Mahendranagar PostBy Mahendranagar PostMarch 18, 2022Updated:March 18, 2022No Comments2 Mins Read

    झापा – प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

    स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उनले बताए । जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन् ।

    ‘निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भन, ‘चोहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन । सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस् ।’

    उनले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत र कर्मचारीको विवरण दुरुस्त अवस्थामा राख्न जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिए । चुनावको तयारीका क्रममा कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदानस्थलसम्म पु¥याउन धेरै सवारीसाधन आवश्यक पर्ने उनले बताए । हाल जिल्लास्थित विषयगत सरकारी कार्यालय र १५ वटा स्थानीय पालिकासँग सयौँको सङ्ख्यामा सवारीसाधन रहेका छन् । अस्वथ, पाका उमेर र चुनावअघि अवकाश पाउने कर्मचारीलाई चुनावमा नखटाउनसमेत उनले कार्यालय प्रमुखहरूलाई आग्रह गरे ।

    प्रमुख जिल्ला अधिकारी रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिउका छन् । उनले हरेक पालिकामा आवश्यकता हेरी दुई वा तीनवटा स्थलमा मतगणना गरिने र ती स्थानको छनोट गर्न पालिकाहरूलाई आग्रह गरेका छन् ।

    ‘सबै मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्ने व्यवस्था गर्नुहोला’, उनले भने, ‘त्यसो भयो भने निर्वाचनको मतगणना पारदर्शी हुन्छ, हुलहुज्जत हुने सम्भावना रहँदैन ।’ जिल्लामा मतदाताको सङख्या छ लाख ५० हजार २५८ छ भने २८६ मतदानस्थल र ७६० मतदान केन्द्र छन् । जिल्लामा १५ पालिका र १३१ वडा छन् ।

    Facebook Comments Box

    Author

    • Mahendranagar Post
      Mahendranagar Post

      View all posts

    सम्बन्धित समाचार

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 2023

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 2023

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 2023

    Comments are closed.

    भर्खरै

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 20234 Views

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 202353 Views

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 20238 Views

    धनगढीमा यस्तो पनि, १२ विद्यार्थी पढाउन २ शिक्षक !

    June 9, 202317 Views
    Stay In Touch
    • Facebook
    • Twitter

    महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

    Facebook Twitter
    लोकप्रिय

    धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

    June 4, 2023

    हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे

    June 9, 2023

    डडेल्धुरामा बाख्रा बचाउने क्रममा जीप दुर्घटना

    June 9, 2023
    सम्पर्क

    अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित
    सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७

    अध्यक्ष/प्रधान सम्पादक: रवि धामी
    सम्पादक: टेकसिंह धामी
    विज्ञापनका लागिः ९८६४७५१८८२
    प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर)
    Email: mahendranagarpost@gmail.com

    Facebook Twitter Instagram Pinterest
    • होमपेज
    • समाज
    • महेन्द्रनगर विशेष
    © 2023 mahendranagarpost.com Designed by GoSA Desktop.

    Type above and press Enter to search. Press Esc to cancel.