धनगढी: धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ। आज (शुक्रवार) को साँझ ६ बजेदेखि धनगढीको होटेल डिभोटीमा उक्त कार्यक्रम हुने भएको हो।
कार्यक्रममा धनगढीका विभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरिने जनाइएको छ।
सो कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा हुन लागेको हो।
कार्यक्रममा पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितिमा यसको निराकरण र सहज उपचार विधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा. सुदिप श्रेष्ठले बताए।
धनगढीपछि सो कार्यक्रम नेपालगन्जमा पनि हुने छ। नेपालमै क्यान्सरको सहज र सरल उपचार हुने जानकारी दिलाउने उद्देश्यले कार्यक्रम हुँदै छ।
नेपाल क्यान्सर अस्पतालले विश्वभरका विरामी र उनीहरूका परिवारहरूलाई उच्च गुणस्तरको अत्याधुनिक उपचार र उत्कृष्ट हेरचाह प्रदान गर्दै आएको छ।