कञ्चनपुर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
१८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघि भएको सवारी दुर्घटनापछि उनी अस्पतालमा उपचाररत थिए। उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।
उनको परिवार पुनर्वास–९ मा बस्दछ। उनको असामयिक निधनले परिवार, आफन्तजन तथा समुदायलाई गहिरो शोकमा डुबाएको छ।
Facebook Comments Box