Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका मनहेरा स्थित पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो। उक्त दुर्घनामा परेर मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मिनभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् । सजिलामानको अहिले नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुवा पुष्करमान शाक्यका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ । पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् । होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् । पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् । ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले…

Read More

काठमाडौँ : काठमाडौँका मेयर बालेन्द्र साहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शाहले विज्ञप्तिमा जनाएअनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो । भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ तारेखदेखि पक्राउ गरी थुनामा राखेको थियो । भिसा नियमित नगरी आठ सय २३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले रु सात लाख ८१ हजार तीन सय ८९ दशमलव १२ भिसा र विलम्ब शुल्क रु. ५० हजार जरिवाना गर्ने…

Read More

काठमाडौं : पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका- १६ की पूर्णीमाया गुरुङबीच मुद्दा फिर्ता लिने सहमति भएको छ । पूर्वसचिव उपाध्यायले माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोराउने प्रतिबद्धता व्यक्त गरेसँगै मुद्दा फिर्ता लिने सहमति भएको हो । उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने भनेर पोष्ट गरेपछि विवाद बढेको थियो । आज काठमाडौँमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङले उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् । काठमाडौँको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् । तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद् चितवनको संयोजनमा तमु…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु ६ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।…

Read More

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ”, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन् । एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार…

Read More

भरतपुर: चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए । उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । “त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।” उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली…

Read More

काठमाडौँ: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बाँदरबाट पीडित किसानहरुको समस्या समाधानका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी हुन् । सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए । सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोज्नुपर्ने बताउँदै भनिन्,‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र…

Read More

बैतडीः भारतले सोमवार धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले भोलि (सोमवार) बिहान ५ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने सूचनामार्फत जनाएको हो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि बैतडीको पञ्चेश्वरसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Read More