डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका- ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको मृत्यु भएको हो ।
शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
Facebook Comments Box