दार्चुला : दार्चुलामा नेपाल प्रहरीको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जना विद्यार्थीले सहभागिता जनाएका छन । ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा गरिएको निबन्ध लेखन प्रतियोगितामा जिल्लाभरीका ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतियोगितामा कक्षा ९ र १०मा पढने विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुमा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, चौलानी एकेडेमी स्कुल गोकुलेश्वर,तथा जनविकास मावि बारवाजगरी ४ वटा विद्यालयका ७ जनाले सहभागिता जनाएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई जिल्लाबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताउए । मूल्यांकन समितिको निर्णयको आधारमा प्रथम हुने विद्यार्थीको निबन्ध सहितको विवरण प्रदेशस्तरीय प्रतियोगितामा सहभागिताका लागि प्रदेश प्रहरी कार्यालयमा पठाइने बताइएको छ ।
देशभरीबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । जिल्लामा भएको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई असोज अन्तिम साता प्रहरी दिवसको अवसरमा पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।