Author: महेन्द्रनगर पोष्ट

पर्वत: पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालaxय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन । वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको…

Read More

-दिनेश बम ठकुरीमानिसले आफ्नो रुचि क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । जब लक्ष्य निर्धारण गरिन्छ तब मानिस अगाडि बढ्न बल प्रदान गर्दछ । लक्ष्य भविष्यमुखी हुन्छ । म यो गर्छ भनेर विचार गर्नु लक्ष्य हो । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो ने हुन्छ । लक्ष्य राखेर मात्र हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न पनि गर्नुपर्छ । आफ्नो रुचि अनि वर्तमानमा रोजेको जीवनको आयमबाट लक्ष्य निर्धारण गर्नु पर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य समाजको सेवा हो…

Read More

बाजुरा: बाजुराको बडीमालिका मेला सम्पन्न भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अवसरमा ११ गतेदेखि १४ गतेसम्म लागेको मेला सम्पन्न भएको हो । बडीमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पूजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेर सरकारी टोली समेत फर्किसकेको छ । मेला सकिएसँगै तीर्थालुहरु पनि फर्किन थालेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि साढे ८ घन्टासम्म बिजुली नआउने भएको छ । टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकारणले सूचनामार्फत जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Read More

बझाङ: बझाङमा जंगली च्याउ खाएका एक किशोरको पनि मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी लैजाँदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् । ७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको थियो भने सुदीपको पनि हिजो राति नै मृत्यु भएको छ । आमाको अवस्था…

Read More

काठमाडौँ: महानगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । महानगरका अनुसार आज सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि सार्वजनिक बिदा दिइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाइरहेका छन् ।

Read More

काठमाडौँ: भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । रासस

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका बाँकी भू-भागको एक/दुई स्थानमा…

Read More

काठमाडौँ: नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो । यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । “पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले पार्टीको सचिवालय बैठक…

Read More

धनगढी: धनगढीमा एक मोटरसाइकल पल्टिँदा दुर्घटना भएको छ। आज (बिहीबार) ९ बजेको समयमा धनगढी उप-महानगरपालिका-२ महालक्ष्मी विकास बैङ्क नजिकै दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने वर्ष २५ का (चालक) निसान्त रानाले चलाएको  सुपप्र ०१०१० प ६०२५ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको हो। मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ तल, ओठ र टाउकोमा चोट लागेको छ भने उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। यस्तै मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More