कैलाली : मंगलबार दिउँसो बझाङको तलकोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो ।
भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने र सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले बताए ।
भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । बैठकमा सभामुख भिम भण्डारी पनि उपस्थित थिए ।
Facebook Comments Box