Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: कञ्चनपुरको एक बिद्यालयका कार्यालय सहयोगीले सार्वजनिक सम्पत्ति चोरी गरेको पाईएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरस्थित त्रिभुवन माविका बिद्यालय सहयोगी देव सिंह ठगुन्नाले बिद्यालयको हेन्डपम्पमा जडान गरिएको मोटर चोरी गरेको स्वीकारेपछि विद्यालयले निलम्बन को तयारी गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकराज ओझाले बताए। यही भदौ १२ गते जडान गरिएको मोटर कार्यालय सहयोगी ठगुन्नाले चोरी गरि बेचेको ओझाले बताए। “१२ गते मोटर नयाँ किनेर ल्यायौ, १३ गते चोरी भयो,” अध्यक्ष ओझाले भने, “उनीमाथि शंका थियो, प्रहरीमा उजुरी दिएपछि आफुले नै चोरेर बेचेको स्वीकार गरे।” उनले यस अघि पनि विद्यालयका ३ वटा मोटर समेत चोरी गरी बेचेको स्वीकार गरेका छन्। ती मोटरको…

Read More

काठमाडौं: पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।

Read More

दार्चुला : दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका–२ कोटथलाका राम सिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका हुन् । मार्मा गाउँपालिका–२ सेलबिसास्थित पसल संचालन गरेका धामीलाई शुक्रवार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेश फेला पारी पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र धारापानी पुग्ने पदमार्गमा पहिरो जाँदा पर्यटकले सास्ती खेप्नुपरेको छ । चार महिनाअघि निर्माण पूरा भएको पदमार्गको ठाउँ–ठाउँमा पहिरो गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजारको लागतमा छनोटमा परेका १५ जना बेरोजगार व्यक्तिलाई परिचालन गरी एक हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गमा माटो समस्याउने कार्यसँगै ढुङ्गा बिछ्याउने कार्य गरिएको थियो । पहिराले पदमार्गको ८० प्रतिशत क्षेत्र तहसनहस पारेको स्थानीय बासिन्दा साइमले धामीले बताईन् । “पदमार्ग हुँदै सहजरूपमा पर्यटक पुग्ने गरेका थिए”, उनले भनिन्, “हाल पदमार्गमा पहिरो जाँदा थोरैमात्रै पर्यटक आइपुग्ने गरेका छन् ।” पर्यटक नआउँदा व्यापार–व्यवसाय…

Read More

बैतडी : विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले भने, ‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।’

Read More

बैतडी : जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उनले भने, ‘समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन जिल्लाभरिका विद्यालय र समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।’ कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् ।

Read More

कैलाली : कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ । टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन् । विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टोलीले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भए । बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुसी भएको छ । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर ठाकुरले बच्चालाई जटिल समस्या भए…

Read More

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुर्‍याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जबाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका…

Read More

कञ्चनपुरः कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

Read More

काठमाडौँ – अभिनेत्री निरुता सिंहले विवाह गरेकी छिन् । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन्। उनले सो जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् । मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’…

Read More