धनगढी: भारतले बनाउने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिन भारतीय टोली काठमाडौं आइपुगेको छ। १४ जनाको टोली आज दिउँसो ४ बजे नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५५ मा आएको बताइएको छ।
उक्त आयोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रुप दिन भोलि र पर्सि नेपाल र भारतका विज्ञ समूहको बैठक काठमाडौंमा बस्न लागेको हो। सोही बैठकमा सहभागी हुन भारतीय केन्द्रीय जल आयोगका अध्यक्ष कुशबिन्दर बोहराको नेतृत्वमा एक दर्जन बढी सदस्य रहेको टोली आएको छ।
टोलीमा सोही आयोगका सञ्चालक समिति सदस्य नवीन कुमारलगायत इञ्जिनियर, प्रशासक सामेल छन्। प्राप्त विवरण अनुसार अतुल जैन, प्रदीपकुमार शुक्ला, गोवद्र्धन प्रसाद, विवेक त्रिपाठी, बीपी पाण्डे, अयोध्याप्रसाद थपलियाल, जिके अग्रवाल, एचएस सेन्गर, मधुप्रसाद भेटुवाल, दीपक लामिछाने, कालुसिंह कार्की र राजकुमार ठगुन्ना छन्।