दार्चुला: दार्चुलामा सशस्त्र प्रहरी बलले विपत् व्यवस्थापन उद्दार अभ्यास गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा भूकम्प, आगलागी र बाढीबाट आउनसक्ने विपतबाट जोगिने तरिकाबारे अभ्यास गरेर देखाइएको थियो।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर बिष्ट, प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंह, अनुसन्धान अधिकृत भगेन्द्र बहादुर चन्द, हाइड्रो पावर सुरक्षा बेश प्रमुख गजेन्द्र बहादुर चन्द, नेपाली सेनाका जमदार सुदर्शन पाण्डे, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर धामी र नेपाल रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी लगायतको उपस्थिति रहेको थियो।
Facebook Comments Box