डडेल्धुराः नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्न थालिएको छ। नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्न सुरु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरि सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरुलाई तालिम प्रदान गरिएको उनले बताए।जिल्लाका ७ स्थानीय तहका ५२ वडा कार्यालयले अब अनलाइनमार्फत सिफारिस गर्ने उनले बताए।
अहिलेसम्म सबै वडा कार्यालयहरुले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए।
यो प्रणाली लागू भएपछि नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ। सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।