Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘संघीय र प्रदेश व्यवस्थापिकाको मूल कार्य व्यवस्थापिकीय प्रकृतिको कार्य नै हुने देखिन्छ। संघीय सांसद वा प्रदेश सभा सदस्यहरूलाई कार्यकारिणी प्रकृतिको कार्य गर्ने जिम्मेवारी प्रदान गरेको देखिँदैन। यस स्थितिमा राष्ट्रिय योजना आयोग वा प्रदेश योजना आयोग वा सम्बन्धित मन्त्रालयको सिफारिसमा नपरेका विषयमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम…

Read More

काठमाडौँ : प्रतिनिधि सभाका ११ सांसदको संसदीय समिति हेरफेर गरिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूको संसदीय समिति हेरफेरको प्रस्ताव राखेका थिए । सभामुख घिमिरेले राखेको सांसदको संसदीय समिति हेरफेरको प्रस्ताव स्वीकृत भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट हालैमात्र बाहिरिएका माओवादी सांसद अमनलाल मोदीलाई सार्वजनिक लेखा समितिमा पठाइएको छ । काँग्रेसकी सांसद नागिना यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । काँग्रेसका सांसद शशाङ्क कोइरालालाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरुवा गरिएको छ । कांग्रेसकै सांसद रामहरि खतिवडालाई कानुन समितिबाट राज्यव्यवस्था तथा…

Read More

काठमाडौँ : भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल…

Read More

बाजुरा : बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्। ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ। ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए। ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको रिट खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर साहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यान्वयनको बाटो खुलाएको हो । त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए । क्यानले बालेनलाई ५० हजार जरिवानासहितको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेपछि उनी असार ७ गते अदालत गएका थिए । अदालतले तत्काल स्पष्टीकरण नसोध्न अन्तरिम…

Read More

काठमाडौं : भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारीरमजदुर कार्यरत थिए ।

Read More

धनगढीः बजार अनुगमन टोलीले मंगलबार गरेको अनुगमनमा धनगढीका पाँच व्यवसायीक फर्म कारबाहीमा परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १६ मा गरिएको अनुगमनका क्रममा अबैध कारोबार गर्ने पाँचवटा व्यापारिक फर्म कारबाहीमा परेका हुन्। वडा नम्बर १६ मा रहेको बेहडा बाबा एग्रो सेन्टर दर्ता गरेर स्टेशनरी सामान, फलफुललगायतका सामग्री राखेको पाइएपछि कारबाही गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए। सो फर्मलाई पहिलोपटकका लागि भनेर एक हजार जरिवाना गरिएको छ। यस्तै सोही वडाभित्रको बेहडा बाबा क्लिनिकलाई दोस्रोपटकको अनुगमनका क्रममा जरिवाना गराइएको छ। यसअघिको अनुगमनका क्रममा टोलीले औषधि विक्रीवितरणका लागि अनुमति लिन भन्दै सम्झाएको थियो। साथै अनुमति बिना औषधि…

Read More

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका कांग्रेस सांसदे इस्राइल मन्सुरीसमेतको मत मत लिएर विश्वासको मत प्रप्त गरेपछि एमाले अदालत गएको हो । सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताए। यसअघि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते कांग्रेस…

Read More

धादिङ : त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन्। ‍ बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए। आज बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा दुर्घटना भई त्रिशूली…

Read More

काठमाडौं : राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । देशमा दुईवटा कानुन नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।

Read More