डडेल्धुरा: डडेल्धुराको बागबजारमा रहेको सम्राट कलेक्सन सेन्टरले माछापुच्छ्रे बैंकका ग्राहकलाई छुट दिने भएको छ। आउँदै गरेको दशैँतिहारलाई लक्षित गरेर कलेक्सन सेन्टरले विशेष छुट दिने भएको हो। त्यसका लागि आज(सोमबार) दुवै पक्षबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंक तर्फबाट शाखा प्रबन्धक नरेन्द्रबहादुर बोहरा र सम्राट कलेक्सनको तर्फबाट सञ्चालक नरेश पनेरु ‘सम्राट’ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका ग्राहकले फेन्सी सम्बन्धी जुनसुकै किसिमका समान खरिद गर्दा १२ प्रतिशत छुट पाउनेछन्। उक्त छुट सुविधा पाउन सेवाग्राहीले बैंकको एटिएम कार्ड अथवा अनलाइन मार्फत भुक्तानी गर्नुपर्ने छ। यो सम्झौताले ग्राहकलाई थप लाभ हुने बैंकले विश्वास लिएको छ।
विगत ३० वर्षदेखि सेवा दिंदै आइरहेको सम्राट कलेक्सन सेन्टरले पनि आफ्ना ग्राहकलाई मध्येनजर गरि उक्त सम्झौता गरेको बताएको छ।