धनगढी: धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठनका कार्यकर्ताले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमोसो दलेका छन्।
आज ठाकुरको कार्याकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले उनको शरीरमा मोसो खन्याएका हुन्। भ्रष्टाचारीसँग मिलेमतो गरेर वनसम्बन्धी योजनामा अनियमितता गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझ्न केही बेरअघि प्रहरी टोली वन कार्यालयमा पठाए पनि बहुमतका कार्यकर्ताहरु भागिसकेको बुझिएको छ।
Facebook Comments Box