Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ। हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन्। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो। बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी…

Read More

काठमाडौँ: सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा…

Read More

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकामा घाँस काट्ने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ‌। सिगास गाउँपालिका वडा नं. ३ बिरा बस्ने गौमती देवि धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो । आज सोमबार घाँस काट्ने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो । परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड www.neb.gov.np र www.neb.ntc.net.np नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन् । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।  पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् । यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।

Read More

कञ्चनपुर: एमाले जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ । पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन समिति समेत गठन गरेको छ । गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्षसमेत रहेका देवकोटामाथि कुटपिट भएको थियो । देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीमा उपचार हुन नसकेपछि…

Read More

कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरले ७ जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । हिजो बसेको जिल्ला कमिटि सचिवालय बैठकले जिल्ला कमिटि सदस्य रविन्द्र देवकोटामाथि भएको सांघातिक हमलामा संलग्न रहेका भन्दै ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । जिल्ला कमिटि सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रविन बोगटी, रोहित कुँवर र नवीन बोगटीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको प्रेस वक्तव्यमार्फत जनाइएको छ ।

Read More

काठमाडौँ: नेपालका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका यात्रुसँग आँखा जाँचको प्रमाणपत्र अनिवार्य गरेको छ । निगमले सूचना प्रकाशित गर्दै हवाई उडानपूर्व आँखा पाक्ने रोगको लक्षण देखापरेमा यात्रुहरुलाई आँखा जाँचको प्रमाणपत्र अनिवार्य पेश गर्न अनुरोध गरेको हो । निगमले विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा ‘आँखा रातो हुने’ रोग तीव्रतम रुपमा फैलिरहेको उल्लेख गर्दै यात्रुहरुको स्वास्थ्यको निम्ति यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Read More

धनगढी: गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो । यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन…

Read More