काठमाडौँ: नेपालका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका यात्रुसँग आँखा जाँचको प्रमाणपत्र अनिवार्य गरेको छ ।
निगमले सूचना प्रकाशित गर्दै हवाई उडानपूर्व आँखा पाक्ने रोगको लक्षण देखापरेमा यात्रुहरुलाई आँखा जाँचको प्रमाणपत्र अनिवार्य पेश गर्न अनुरोध गरेको हो ।
निगमले विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा ‘आँखा रातो हुने’ रोग तीव्रतम रुपमा फैलिरहेको उल्लेख गर्दै यात्रुहरुको स्वास्थ्यको निम्ति यस्तो व्यवस्था गरिएको जनाएको छ ।
Facebook Comments Box