Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले मंगलबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन्। प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ। insp-transfor-2080-04-30Download

Read More

काठमाडौं: गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दशक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो। विभिन्न साहित्यिक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्‍याएका थिए। डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन्। हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको छ। प्रहरीले पुनर्वास नगरपालिका–३ आईबीआरडीको भित्री सडकमा अवस्थित एसपिएल स्कुलको अगाडी अन्दाजी २६ वर्षीया महिला मंगलवार बिहान मृत अवस्थामा फेला परेकी बताएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: प्रहरीले डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार साँझ अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।

Read More

अछाम: अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुरः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सोमवार लिङ्गेश्वर धाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिनका लागि प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताए। ‘धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ।’ लिङ्गेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नदीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिने बताए। लिङ्गेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि…

Read More

काठमाडौं: प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ। मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो। अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ।

Read More

मुगु: मुगुमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्। गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्। सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको…

Read More

काठमाडौं: मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ। झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो। चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा उनलाई फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले हत्या अभियोगमा पनि अब अनुसन्धान अगाडि बढाएको छ।

Read More

काठमाडौं: एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। अगष्ट ३१ मा सुरु हुने एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ। नेपाल, भारत र पाकिस्तान समूह एमा छन्। नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ।  रोहित पौडेलको कप्तानीमा (कप्तान),सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, ललित राजबंशी, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, किशोर महतो,  प्रतिस जिसी, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।

Read More