Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सशस्त्र प्रहरी बलले सशस्त्रका ५६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ५६ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ५६ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । यी डिएसपीहरू सोमबारकै मितिमा बढुवा भएका हुन् ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्रका ८४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरिक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ८४ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ८४ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ ।

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो । एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

Read More

महेन्द्रनगर : जनता समाजवादी पार्टी (जसपा) नेपालले सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकेको छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो । चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन् । त्यस्तै, बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज र प्रकाश अधिकारीलाई प्रदेश इन्चार्ज तोकेको छ ।

Read More

धनगढी: धनगढीमा पहिलोपटक एएमसी कप हुने भएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पहिलोपटक प्रदेशस्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगितासहित उक्त कप आयोजना गर्न लागेको हो। स्ववियुका अध्यक्ष कुबेर खड्काका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई समेटेर उक्त प्रतियोगिता हुने छ। उक्त प्रतियोगिताको विजेतालाई नगद ८१ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ। यस्तै दोस्रो र तेस्रो एवं अन्यलाई पनि पुरुस्कृत गरिने बताइएको छ। विद्यार्थीहरुको खेल क्षमतालाई प्रवर्द्धन र विकास गर्न सो कप आयोजना गरिन लागेको हो।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बोलाएको सर्वदलीय बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताको कारण आजको बैठक रोकिएको बताइएको छ। अध्यक्ष ओलीले ज्वरो आएको कारण जनाउँदै आजको बैठकमा उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित भएको हो। एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै झण्डै एक महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ।

Read More

धनगढी: नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफी अन्र्तगत गणतर्फको भलिबल प्रतियोगिताको उपाधी गोरख बक्स गण अछामले जितेको छ। मंगलबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देबीदल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरखबक्सले उपाधी जितेको हो। गत शनिबारदेखि सुरु भएको ट्रफि अन्र्तगत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्वीमिङ्ग र बक्सिङ्ग सञ्चालन भइरहेको छ। प्रतियोगितामा उपाधी बिजेता गोरखबक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरे। कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका…

Read More

कञ्चनपुर : छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका– १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीमाथि कुटपिट भएको छ। जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै विद्यर्थीहरू आइतबार आन्दोलित भएका थिए। प्रहरीले जोशीलाई हतकडी लगाएर कार्यकक्षबाट बाहिर ल्याउने क्रममा विद्यालयभन्दा बाहिर एक समूहले उनीमाथि निर्धात कुटपिट गरेको हो। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको भन्दै विद्यालय, शिक्षक–शिक्षिका र केही स्थानीयले उक्त कार्यको भर्त्सना गरेका छन्। कसैले आरोप लगाएकै भरमा प्रमाणित नहुँदै कुटपिट भएपछि उनीहरूले सो कार्यको विरोध गरेका हुन्। विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका…

Read More

बेदकोट: कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ। नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ। केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए। ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ’ उनले भने, ‘संक्रमित पशुको उपचार भइरहेको छ।’ खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ। सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्। ‘ज्वरो आउने, ¥याल…

Read More

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका– ४ तोलीमा सोमबार बिहान एक बेवारिसे शिशु फेला परेको थियो । गाउँनजिकै झाडीमा फेला परेको उक्त शिशुको त्रिवेणी नगरपालिकाले उद्धार गरेको छ। नगरप्रमुख कर्णबहादुर थापा र उपप्रमुख कमला जैसी न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष गणेश साउदलगायतको टोलीले शिशुको उद्धार गरेर उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख थापाले बताए। भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ। उनी बालक हुन्। बेवारिसे शिशु कसले फालेको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुल्न सकेको छैन।

Read More