Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू( भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु. १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गरे । “नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या…

Read More

कञ्चनपुरः राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ। गत साउन २७ मा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासन विपरित काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए। अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यानमार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले बताए। घटनाका विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको…

Read More

धनगढीः सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएको छ। बर्खायामसँगै सुदूरपश्चिमका नौ वटा जिल्लाहरुमा डेंगीको संक्रमण बढन थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १४ जना डेंगुका संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा १४ जना संक्रमित फेला परेसंगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या चार सय ६५ पुगेको छ।

Read More

काठमाडौँ : नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टि भएको छ । मिटरब्याजसम्बन्धी कानून बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ । पीडितले साहुसँग रु. एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ । तर…

Read More

धनगढीः सुदूरपश्चिममा प्राकृति विपद्धबाट ९० जनाको मृत्यु भएको छ। १० जना बेपत्ता भएका छन्। २०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा गरी प्राकृतिक विपदबाट ९० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। पहिरोबाट ११ जना महिला र १९ जना पुरुष गरी ३० जनाको मृत्यु भएको छ। त्यस्तै चट्याङबाट ९ पुरुष र ५ महिला गरी १४ जनाको मृत्यु भएको छ। बाढीबाट ६ पुरुष र तीन महिला गरी ९, हिउँ पहिरोमा परेर एक पुरुष र ८ महिला गरी ९, भूकम्पबाट दुई पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीबाट दुई पुरुष र चार…

Read More

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ साउन महिनाको कार्य सम्पादन बिवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रस्तुतिका लागि शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा आपराधिक घटनामा वृद्धि भएका छन् । साउन महिनामा २ हजार ६५१ जना मानिसहरु जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्कमा आएका छन् भने २ हजार २८२ जनाले टेलिफोन सेवा लिएका छन् । कालीमाटी क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा सिसिटिभी जडान गरिएको र हिरासतमा पुस्तकालय राख्ने…

Read More

बैतडीः बैतडीको सदरमुकाम स्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका –४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो। आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए। पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो। पसलमा आगलागी हुँदा भएको क्षतिको थप विवरण…

Read More

काठमाडौं : नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी फेरेको हो । आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरुको जिम्मेवारी हेररफेर गर्नुका साथै विभागमा सदस्यहरुको मनोनयन गरिएको जनाएका छन् । चुनावको बेला बागीरविद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ। अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । “शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्छन्,” उनले भने, “बिस्तारै बिस्तारै उनको स्वास्थ्यमा सुधार हुन्छ ।” डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको…

Read More