Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: बयालिस परिवारको बसाइँ रहेको कुतियाकवर कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।“पुरानो र सानो सङ्ख्यामा हामी दशकौ‌देखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत…

Read More

काठमाडौँ: सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ । नेपाल आयल निगमले हिजो मङ्गलवार…

Read More

काठमाडौँ: भरतपुर महानगरपालिका–९ को टिकोली जङ्गलमा ८ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् । ८ वटा गाडीहरु ठोकिँदा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडी जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाट जाँदै गरेको जीपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सबै सवारी…

Read More

कैलाली: कैलालीको अत्तरियास्थित स्प्रुजु कम्पनीको पानीको बोतलभित्र लेउ भेटिएको छ । अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि.बि नास्ता पसलमा बिक्रीका लागि राखिएको सो कम्पनीको सिल प्याक पानीको बोतलभित्र लेउ भेटिएको हो । अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेम भण्डारीले म्याद कायम रहेको उक्त कम्पनीका दुई ओटा सिल प्याक पानीका बोतलमा लेउ भेटिएको बताए । होटल सञ्चालक धनबहादुर साउँदले पानीमा लेउ भेटिएको विषयमा कम्पनीका मानिसलाई जानकारी गराउँदा पनि मतलब नगरिएको बताए । धनगढीमा दुई वर्ष अगाडि पनि सोही कम्पनीको पानीको बोतलमा किरा भेटिएको थियो ।

Read More

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ । खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ । “बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उनले भने, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उनी सुनाउँछन् । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर…

Read More

धनगढी: नेकपा एमालेका कैलाली जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले अहिले खहरे खोलाजस्ता पार्टी आइरहेको बताएका छन्। उनले एमालेको धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै यस्तो बताएका हुन्। कैलालीमा नागरिक उन्मुक्ति भन्ने पार्टी पनि खहरे खोलाजस्तै भएको उनको दाबी छ। एमालेले यस्ता खहरे खोलालाई परास्त गर्ने उनको भनाइ छ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्राडा शङ्कर राईले जानकारी दिए । पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएका अस्पतालका प्रमुख डा.राईले बताए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका छन् । डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद…

Read More

डडेल्धुरा: डडेल्धुरामा कार्यरत तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक उमाकान्त जोशीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको प्रहरी बृत्त बालाजु सरुवा भएको छ । इलाका प्रहरी कार्यालय जोढबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूको पनि सरुवा भएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तालिम शाखा धनगढीबाट गगनसिंह भाट आउने भएका छन् । यस्तै, भर्खरै प्रहरी वरिष्ठ…

Read More

दोधारा चाँदनी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्दीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।” राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय…

Read More

काठमाडौँ: सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई जना कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव पक्राउ पक्राउ परेका हुन् । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् । सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Read More