काठमाडौँ: सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई जना कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव पक्राउ पक्राउ परेका हुन् ।
वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Facebook Comments Box