डडेल्धुरा: डडेल्धुरामा कार्यरत तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक उमाकान्त जोशीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको प्रहरी बृत्त बालाजु सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय जोढबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूको पनि सरुवा भएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तालिम शाखा धनगढीबाट गगनसिंह भाट आउने भएका छन् । यस्तै, भर्खरै प्रहरी वरिष्ठ सईबाट प्रहरी निरीक्षकमा बढुवा भएका वीरबहादुर थापाको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मानवश्रोत व्यवस्थापन शाखामा पदस्थापन भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा काजमा कार्यरत प्रहरी निरीक्षक कुसुम नायकको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको छ ।