Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार शनिवार साँझ पश्चिमबाट पूर्व जाँदै गरेको सुपप्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय रिजनकुमार बुढा र मोटरसाइकलमा सवार वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय चेतन पौडेल लागुऔषधसहित पक्राउ परेका छन्।  प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्दा पौडेलको साथबाट १ ग्राम ३४० मिलीग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान…

Read More

टीकापुर: गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका(८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे । “बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो”, उनले भने । बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले…

Read More

कैलाली: नदीमा डुबेर कैलालीको गौरीगंगामा २ बालिका बेपत्ता भएकी छन्। प्रहरीका अनुसार शुक्रवार गौरीगंगा नगरपालिका–८ बडैपुरको लिक्मा नदीमा डुबेर ती बालिका बेपत्ता भएका हुन् । बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षिया छोरी मुना बोहरा र रमेश ओलीकी १० वर्षकी छोरी गौरी ओली बेपत्ता भएका प्रहरीले जनाएको छ । घरमा कसैलाई जानकारी नगराई नदीतर्फ गएका उनीहरु हराएपछि खोजी जारी छ ।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेस प्रदेशको एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी…

Read More

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । लागुऔषध सहित अत्तरियाको पहाड रोडमा रहेको एक होटलमा काम गर्ने कर्मचारी र गोदावरी – २ मै बस्दै आएका अर्का एक व्यक्ति पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोड स्थित भुपु सैनिक होटलमा काम गर्ने बैतडी सिगास गाउँपालिका – २ घर भएका १८ बर्षीय दिपेश धामीलाई पक्राउ गरेको थियो । उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका – २ बस्ने ३६ बर्षीय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । डिएसपी गणेश बरालका अनुसार…

Read More

धनगढी: धनगढीमा औषधी व्यवस्था विभागले प्रचलित ऐनअनुसार सञ्चालनमा ल्याइएका पाँच वटा क्लिनिकमा ताला लगाएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रमा शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरेर सञ्चालन गरिएका दुई वटा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ। एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गरिएको छ। औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दिपेन्द्रकुमार शाहले दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिकमा ताला लगाउदै सिलबन्दी गरिएको जानकारी दिए। शाहले खुद्रा औषधी पसलमा बिक्रि वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता…

Read More

धनगढी: धनगढीको नन्दिनाज एकेडेमीमा अध्ययनरत विद्यार्थी चकबल प्रतियोगितामा भाग लिन ताइवान जाने भएका छन्। भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्षमुनिको १२ जना खेलाडीको टोली ताइवान जाने भएको हो। नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन्। चकबल च्याम्पियनसिपमा भाग लिन रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बाइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्ट छनोट भएका छन् । तीन दिनसम्न हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा…

Read More

चितवन : बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो । सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिए…

Read More

धनगढी: नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्। आज (शनिबार) धनगढीमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा रेग्मी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा विजय साउद र हेमा शाही, सचिवमा राकेश सिंह, उप-सचिवमा तारा केशरी र विष्णु पाण्डे र कोषाध्यक्षमा गोपाल पाठकसहित ४७ सदस्यीय कमिटी चयन गरिएको हो।

Read More

धनगढी : नेकपा एमालेको जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले जनवर्गीय संगठनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार धनगढीमा अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटि सदस्य समेत रहेका ढकालले युवाहरुलाई लक्षित गरेर कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान आवश्यक भएको बताएका हुन् । पार्टीले २०८४ सालमा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने उद्देश्यसहित मिसन ग्रोसरुट जस्ता अभियान सञ्चालन गरेको बताउँदै ढकालले जनवर्गीय संगठनले समेत पार्टीको नीतिलाई टेवा पुग्ने खालका कार्यक्रम ल्याउनुुपर्ने धारणा राखे । २०७९ को निर्वाचनमा एमालेले युवा पुस्ताको मत अपेक्षाकृत रुपमा पाउन नसकेको बताएका ढकालले अगामी निर्वाचनमा युवा पुस्ता नै निर्णायक हुने…

Read More