काठमाडौं: क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।
आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।
पीडित पक्षले आज(सोमबार) रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतीले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ।
हाल क्रीकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार केसमा मुद्दा चलिरहेको छ।
Facebook Comments Box