Author: महेन्द्रनगर पोष्ट

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए । सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई…

Read More

–सन्तोष पुर्कुटी, ताप्लेजुङ: जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र रु शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ ।…

Read More

भरतपुर: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । “नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भने । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो । नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भने– “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको…

Read More

दोधारा चाँदनी: महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । “यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ”, उनले भने, “आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो ।” शुक्लाफाँटाभित्र रहेका…

Read More

काठमाडौँ: चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पुर्याउनुपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भने, “यसलाई कथामार्फत नै दर्शकसामु पुर्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।” आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन्…

Read More

धनगढी: कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसको संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ । गेटा आँखा अस्पतालका प्रमुख डा। सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए । गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको पन्तले बताए । ‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’,…

Read More

एजेन्सी: अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्सले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिएका छन् । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उद्धित गरी बीबीसीले जनाएको छ ।

Read More

बैतडी: बैतडीका १३६ ओटा पानीका मुहानमा दिसाका जिवाणु पाइएको छ । जिल्लाका १० ओटै स्थानीय तहका २६९ ओटा खानेपानीका मुहान परीक्षण गर्दा दिसामा पाइने इ–कोली जिवाणु पाइएको हो । खानेपानीका मुहानमा दिसामा पाइने जिवाणु भेटिएकाले झाडापखाला, आउँ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरुको समेत जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार खानेपानीका मुहानमा दिसाका जिवाणु भेटिएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँगको समन्वयमा स्वास्थ्य कार्यालयले खानेपानी सुरक्षा योजना निर्माणको तयारी गरेको छ । जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको बैठक बोलाएर खानेपानी सुरक्षा योजना निर्माण गरिने उनले बताए ।

Read More

काठमाडौँ: भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाद्वारा यही साउन ८ सुरु भई १७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टीमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन…

Read More

धनगढी: कैलालीको मोहन्याल गाउँपालिका-७ को पितमारीमा होटेलमा यौनधन्दा गराएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले होटेलमा यौनधन्दा गराउने ४ युवती र ६ जना पुरुषलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीले पितमारी क्षेत्रका २/३ होटलमा छापा हानेर उनीहरुलाई नियनत्रणमा लिएको हो ।

Read More