बैतडी: बैतडीका १३६ ओटा पानीका मुहानमा दिसाका जिवाणु पाइएको छ । जिल्लाका १० ओटै स्थानीय तहका २६९ ओटा खानेपानीका मुहान परीक्षण गर्दा दिसामा पाइने इ–कोली जिवाणु पाइएको हो ।
खानेपानीका मुहानमा दिसामा पाइने जिवाणु भेटिएकाले झाडापखाला, आउँ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगहरुको समेत जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
उनका अनुसार खानेपानीका मुहानमा दिसाका जिवाणु भेटिएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँगको समन्वयमा स्वास्थ्य कार्यालयले खानेपानी सुरक्षा योजना निर्माणको तयारी गरेको छ ।
जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको बैठक बोलाएर खानेपानी सुरक्षा योजना निर्माण गरिने उनले बताए ।
Facebook Comments Box