Author: महेन्द्रनगर पोष्ट

हेटौँडा: मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईंले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेका छन् । प्रहरीका अनुसार बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका उनले त्यहीँ आफ्नो लिङ्ग काटेको देखिएको छ। संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए । हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ । प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

एजेन्सी: एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ। डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याइएको छ । समुद्रमा लामो समय रहेको डुङ्गामा रहेको धेरैजसो सेनेगलका नागरिक भएका अनुमान गरिएको बीबीसीले जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले यो डुङ्गा गएको जुलाई १० तारिखमा एक सय एक जना यात्रु बोकेर प्रस्थान गरेको जनाएको छ । त्यसपछि डुङ्गा हराएको थियो । केप भर्डे पश्चिम अफ्रिकाबाट झण्डै ६ सय किलोमिटर टाढा आन्ध्र महासागरमा रहेको टापु हो ।

Read More

काठमाडौँ: सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले रकम असुली गर्ने गरेको पाइएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट रकम असुली गर्ने गएको पाइएको हो। असुलीको विषयमा बोलेको भट्टको एक भिडिओ नै सार्वजनिक भएपछि सो घुस तथा कमिसनको विषयमा सतहमा आएको हो। अहिले सो भिडिओ भाइरल बनिरहेको छ। सो भिडिओमा भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्। यस्तै उनले भिडिओमा भनेका छन्, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन।…

Read More

काठमाडौँ: हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने…

Read More

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले अहिले सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार अर्थात् ‘ग्रान्ड प्राइज’ जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जसबाट…

Read More

डडेल्धुरा: डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो। हिजो (बुधबार) साँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको प्राण गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले शवको पोष्टमार्टम भइरहेको छ।

Read More

काठमाडौं: १० जलाधार अन्तर्गतका केही नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुधकोशी नदी रवुवाबजारमा, सुनकोशी नदी हम्पचुवारमा, कर्णाली नदी असाराघाटमा, भेरी नदी समजिघाटमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने सम्भावना छ। आज बिहानको मापनअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तरै र सामान्य अवस्थामा छन्। कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसापास छ। महाकाली नदीको जलसतह भने खतरा तह आसपास रहेको महाशाखाले जनाएको छ। पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी,…

Read More

दाङ: बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन्। मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अस्मिताकी आमा ईश्वरी सुनार र बुबा अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ। तस्बिर: अर्जुन सिंह

Read More