दाङ: बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन्।
मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्मिताकी आमा ईश्वरी सुनार र बुबा अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box