Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन् । महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे…

Read More

बनेपा : काभ्रेको बनेपा–११ जनागालमा १७ बर्षिया बहिनीलाई टिकटक देखाउन बोलाउँदै जर्बजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय दाजु पक्राउ परेका छन् । हाडनाता करणी अभियोगमा पक्राउ परेका युवाको दुई महिनाको गर्भ प्रहरीले अदालतको अनुमतिमा पतन गराएको छ । प्रविधिको सहज र सरल पहुँचका कारण बालबालिकाहरु यस्ता गलत कृयाकलापमा लाग्ने गरेको खुलेको छ । जिल्लाको तथ्याङ्कमा जबर्जस्ती करणीसम्बन्धी अपराधमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा जबर्जस्ती करणी उद्योगमा १, करणीमा ३७, बाल यौन दुराचारमा १०, अप्राकृतिक मैथुन अभियोगमा २ थान गरी ५० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा जबर्जस्ती करणी उद्योगमा ३, करणीमा २९ वटा,…

Read More

कैलाली : कैलालीमा अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरी, धनगढी उपमहानगरपालिका- ४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगी रहेका छन् । प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चौधरीलाई शुक्रबार राति पक्राउ गरिएको हो भने डाँगी दम्पतीलाई थप अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि…

Read More

धनगढी: नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले काँग्रेसको बलमा अहिलेको सरकार बनेको र टिकिरहेको बताएकी छन्। धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले देश अहिले काँग्रेसको गाइडेन्समा अगाडि बढिरहेको पनि बताइन्। उनले भनिन्,- नेपाललाई अगाडि लग्ने हो भने नेपाली काँग्रेसले नै हो गाइड गर्नसक्ने। अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली काँग्रेसकै छ। हाम्रै बलबुतामा अरु पार्टीहरुले सरकार बनाएका छन्। काँग्रेसकै कुरा अहिले गठबन्धनले फलो गरिरहेको छ।’ नेपाली काँग्रेसकै एजेन्डा नेकपा माओवादी केन्द्र लगायतका सत्ता साझेदार दलहरुले अपनाएको उनको दाबी छ।

Read More

बाजुरा : कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए। सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो। चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२:३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण…

Read More

कञ्चनपुरः महेन्द्रनगरस्थित पुरानो बसपार्कमा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ। आज (शनिबार) बिहान मःम का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हो। घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ। सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै आएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

धनगढीः वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको छ । वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए। उनको हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको अस्पतालले जनाएको छ। बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए। लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो।

Read More

धनगढी: कैलालीमा प्रहरीले लापसे (लागु पदार्थ सेवन) चेक गर्न थालेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लापसे चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मगाएर चेकिङ थालिएको जानकारी दिए। उनकाअनुसार कैलालीमा ट्राफिक प्रहरीलाई उक्त कीट दिएर चेकिङ गर्न लगाइएको छ। जसमा अहिलेसम्म शुक्रवार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन्। कैलाली ट्राफिकका अनुसार शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो। प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको…

Read More

धनगढीः सुदूरपश्चिममा प्रहरीले लागुऔषधविरुद्ध महाअभियान थालेको छ। प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो। सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६\७७ मा २७० जना पक्राउ परेका छन्। यस्तै, आर्थिक वर्ष २०७७\७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष…

Read More

काठमाडौंः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले पाँचजना एआईजीको सरुवा गरेको हो। जसअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यायलको कार्य विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआईजी दिपक थापालाई जिम्मा दिइएको छ। प्रशासन विभागमा एआईजी मिरा चौधरी आएकी छन्। यसअघि, उनी कार्य विभागमा थिइन्। त्यस्तै, मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्ज र त्यहाँ कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले सरुवा गरेको हो। प्रहरीमा आठजना अतिरिक्त महानिरीक्षक छन्। प्रहरीको केन्द्रीय…

Read More