Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा प्रा. तोयराज भट्ट नियुक्त भएका छन्। उनलाई उपकुलपतिको कार्यालयले नियुक्त गरेको हो। बैतडी घर भएका उनी लामो समयदेखि क्याम्पसमा अध्यापन गराउँदै आएका थिए। यसअघि धर्मराज उपाध्याय क्याम्पस प्रमुख थिए।

Read More

धनगढीः कैलालीको गोदावरीमा अलपत्र परेका बालकको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–२ तेघरीबाट अलपत्र परेका बालकको उद्धार गरीएको हो। आइतवार रातिको समयमा सडकमा अलपत्र अवस्थामा रहेका बालकको उद्धार गरी गोदावरी २ मै रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ। अन्दाजी ९/१० वर्षीय बालकले प्रष्टसँग नाम ठेगाना बताउन नसकेको जनाइएको छ। बालकलाई चिन्नेले महिला तथा बालबालिका सेभ हाउस, इलाका प्रहरी कार्यालय मालाखेती अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

Read More

काठमाडौं: सरकारले आज साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ सालमै च्यानलको शुल्क प्रणालीमा सुधार गरी ‘आला कार्ट प्रणाली’ लागु गर्ने निर्णय गरेको थियो । उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली नै आला कार्ट हो ।

Read More

कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ। कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ।

Read More

काठमाडौं: आज साउने संक्रान्ति । आजको दिनलाइ लुतो फाल्ने दिन पनि भनिन्छ भने सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । ​निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी…

Read More

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’ औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषले बहालवाला प्रहरी कर्मचारीहरूलाई किस्ताबन्दी विभिन्न सामग्रीहरु उपलब्ध गराउने भएको छ। प्रहरी कल्याण कोषको वार्षिक कल्याणकारी योजना अनुसार आर्थिक वर्ष २०८०–१८१ का लागि किस्ताबन्दी सुविधामा चारपाङ्ग्रे (कार तथा जिप) का साथसाथै मोटरसाइकल, स्कुटर, वासिङ मेसिन, कम्प्युटर, ल्यापटप, ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान, टेलिभिजन, फ्रिज, एयर कन्डिसनर र माइक्रो ओभन उपलब्ध गराउने  योजनामा प्रहरी रहेको छ।  उक्त सामानहरू बिक्री गर्न इच्छुक आधिकारिक बिक्रेताहरूलाई १५ दिनभित्र आवश्यक काजगातसहित विवरण पेस गर्न सूचित गरिएको छ । 

Read More

टीकापुर: विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे। एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे। गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो। यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो। असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ।   ‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’ ‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’ यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षिया सावित्री जोशीको करेन्ट लागेर मृत्यु भएको छ। हिजो(आइतबार) बिहान आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन र…

Read More