धनगढीः कैलालीको गोदावरीमा अलपत्र परेका बालकको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–२ तेघरीबाट अलपत्र परेका बालकको उद्धार गरीएको हो।
आइतवार रातिको समयमा सडकमा अलपत्र अवस्थामा रहेका बालकको उद्धार गरी गोदावरी २ मै रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ। अन्दाजी ९/१० वर्षीय बालकले प्रष्टसँग नाम ठेगाना बताउन नसकेको जनाइएको छ।
बालकलाई चिन्नेले महिला तथा बालबालिका सेभ हाउस, इलाका प्रहरी कार्यालय मालाखेती अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
Facebook Comments Box