Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Read More

बाजुराः बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्याबाट पीडित ती बिरामीको जिल्लामा उपचार सम्भव नभएपछि बाहिर लैजान डाक्टरले सुझाव दिएका थिए। मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्। कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटीस्क्यान सहितको सुविधा भएको अस्पतालमा लैजान रिफर गरिएको थियो। ६० वर्षीय कार्कीलाई आफन्तले जहाज आउने प्रतिक्षा गरिरहेका थिए। मुगुको खत्याग गाउँपालिका–१ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो। मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि कार्कीका आफन्त जहाजको प्रतिक्षामा थिए।…

Read More

काठमाडौँ : कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ । हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो । सम्भवतः पूर्णइजलासले बिहीबार फैसला सुनाउने छ । यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको थियो ।

Read More

धनगढीः सशस्त्र प्रहरी बल नेपालले डिएसपीहरुको सरुवा गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका पनि केही गुल्मपति र कमाण्डरहरु फेरिएका छन्। जसअनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वरीदत्त भट्टले नं ५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर गुल्मपतिको जिम्मेवारी पाएका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाले नं ३४ गण हेड क्वाटर कैलाली गुल्मपतिको जिम्मेवारी पाएका छन्। त्यस्तै, डिएसपीहरु भरतबहादुर बिसीले प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली कमाण्ड र सुदन आचार्यले प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुर कमाण्डको जिम्मेवारी पाएका छन्। अरु को कहाँ ?

Read More

काठमाडौँ: राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसंख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसंख्या पाँच हजार छ सय ५८ जना छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर चार सय ६० र हिमाली क्षेत्रमा…

Read More

काठमाडौँ: सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आज बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् । राजीनामा नदिए संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी दिएका छन् ।

Read More

मध्यविन्दु: नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । स्थानीय नेत्रबहादुर सारुले भने, “उपचारका क्रममा मंगलबार…

Read More

एजेन्सी: भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउन सभाका अध्यक्ष ओम बिरलाले स्वीकृति दिएका बीबीसी हिन्दीले जनाएको छ । कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको दाबी गरेका छन् । तर प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविश्वासको प्रस्तावमाथिको…

Read More

काठमाडौँ: सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

कैलाली: कैलालीका कृष्णप्रसाद खनाल कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय खनाल सोही वडाको बडिगाउँस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनी हिजो (मंगलवार) साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More