काठमाडौँ : कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।
रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ । हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो ।
सम्भवतः पूर्णइजलासले बिहीबार फैसला सुनाउने छ । यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको थियो ।
Facebook Comments Box