Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलामा एक वर्षको अवधिमा २७ जनाले आत्महत्या गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९-८० मा २७ जनाले आत्महत्या गरेका छन्।  आत्महत्या गर्नेमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डीएसपी तर्कराज पाण्डेयका अनुसार गत आर्थिक वर्षमा २४ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरी आत्महत्या गरेका छन्। दार्चुला प्रहरीले पाँच जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय भई फरार रहेका विभिन्न मुद्दाका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी तर्कराज पाण्डेयले बताए।  उनका अनुसार लागुऔषध चरेसका २ जना, जवरजस्ती…

Read More

बझाङ: राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै खड्काले अपहरण गरेको र होटल होलि डे इनमा लगेर कुटपिट गरेको आरोप लागेको थियो। खड्का उक्त होटलका सञ्चालक हुन्।

Read More

कैलाली: कैलालीको धनगढीमा अटो चलाउने कञ्चनपुरका एक व्यक्ति अवैध काठसहित पक्राउ परेका छन्। बिहीबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका १९ वर्षीय सुरेश मल्ल से१स ३६६० नम्बरको आफ्नो अटोमा काठ बोकेर जाँदै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। मल्ललाई प्रहरीले धनगढी उपमहानगरपालिका–३ क्रेशर ग्राउण्डबाट पाँच फिट लम्बाईका १९ थान सालको कडीसहित पक्राउ गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले वरामद काठ, अटो र चालकलाई कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको छ।

Read More

धनगढी: कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाखसहितकाे झोला हराएको छ। बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ का बिरा भारतीले झाेला हराएको दाबी गरेका छन्। भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएकाे झाेला भेटिएकाे छैन। इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएकाे भनिएकाे झाेला फेला नपरेकाे बताए। भट्टकाअनुसार सीसीटीभी फुटेजकाे विश्लेषणबाट समेत कुनै कुरा पत्ता लागेकाे छैन। भारतीय मजदुरहरूकाे ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए। उनले बुधबार मात्र धनगढीकाे सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा…

Read More

कैलाली: प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए। परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन्। को हुन् श्रेष्ठ ? ३१ औं प्रधानन्यायाधीशका रुपमा नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन्। ‘क्याडर जज’ रहेका श्रेष्ठलाई न्याय सेवाको लामो अनुभव रहेको छ। डोटी जन्मस्थान भई कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय कुलेश्वरमा बस्दै आएका छन्। कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८…

Read More

कैलालीः कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं : जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल तोकिएका छन्। यसअघि परिसरको प्रवक्ता रहेका एसपी सीताराम रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा काज सरूवा भएपछि एसपी ढुंगेललाई उक्त जिम्मेवारी दिइएको हो। मकवानपुर प्रहरी प्रमुख रहेका एसपी वामदेव गौतम उमेर हदका कारण अवकाशमा गएपछि रिजालको त्यहाँ काज सरूवा गरिएको हो। रिजालको काज सरूवासँगै परिसरद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमरूमा सम्प्रेषण गर्नका लागि ढुंगेललाई सो जिम्मेवारी प्रदान गरिएको हो।

Read More

डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएकाहरु बेचिएका छन्। अमरगढी नगरपालिका-४ का उनीहरुले देखावटी निवेदन दिएर प्रशासन र मिडियालाई पंगु बनाएका छन्। उक्त खुलासा भएपछि ५ स्थानीयले हिजो जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उनीहरुले किर्ते हस्ताक्षर गरि आफ्नो नाम बाट त्रीपाल, टिन र जस्ता कुम्ल्याएको भन्दै कारबाहीको माग गरेका थिए। तर, आजै उनीहरुले दबाबमा आएर निवेदन दिएको भन्दै कुनै कारबाही अगाडि नबढाउन भनेर अर्को निवेदन दिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले बताए। ‘हामीले केही मनमुटाव भएर उक्त निवेदन दिएको भन्दै कारबाही नगरिदिन हुन भनेर आज पाँचैजनाले अर्को निवेदन…

Read More

काठमाडौँ : संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका हुन् । गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका…

Read More