Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने…

Read More

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले अहिले सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार अर्थात् ‘ग्रान्ड प्राइज’ जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जसबाट…

Read More

डडेल्धुरा: डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो। हिजो (बुधबार) साँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको प्राण गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले शवको पोष्टमार्टम भइरहेको छ।

Read More

काठमाडौं: १० जलाधार अन्तर्गतका केही नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुधकोशी नदी रवुवाबजारमा, सुनकोशी नदी हम्पचुवारमा, कर्णाली नदी असाराघाटमा, भेरी नदी समजिघाटमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने सम्भावना छ। आज बिहानको मापनअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तरै र सामान्य अवस्थामा छन्। कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसापास छ। महाकाली नदीको जलसतह भने खतरा तह आसपास रहेको महाशाखाले जनाएको छ। पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी,…

Read More

दाङ: बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन्। मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अस्मिताकी आमा ईश्वरी सुनार र बुबा अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ। तस्बिर: अर्जुन सिंह

Read More

कञ्चनपुर: विद्युत् प्राधिकरणको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ हिजो(बुधबार) साँझ बिजुलीको तार टाउकोमा खसेर करेन्ट लग्दा स्थानीय ३६ वर्षीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका-५ सुकासालमा अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्। जथाभावी तार छाड्ने विद्युत प्राधिकरणलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।

Read More

धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ। थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए।

Read More

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

Read More

कैलाली: आज भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको  थियो। धेरै प्रयासपछी सोमबार मात्रै एकतर्फी सडक खुलाइएको थियो।

Read More