Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा अजिङ्गरको बच्चाको उद्धार गरिएको छ । जिल्लाको गोदावरी नगरपालि –६ लालपुर क्षेत्रबाट अजिङ्गरको बच्चाको उद्धार गरिएको छ । करिब ५ किलोग्राम तौल र ३ मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेको बताए । उद्धार गरिएको अजिङ्गरको बच्चालाई सव डिभिजन वन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ ।

Read More

बैतडी : विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता भएका हुन्। शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता रहेका भएपछि प्रहरीलाई भने बुधबार साँझ मात्रै खबर आएको प्रहरी प्रवक्ता केसीले बताए । बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडमा नजिकै चप्पल फेला परेको बताइएको छ। शिक्षक बेपत्ताको खबर पाउने बितिक्कै प्रहरी परिचालन गरि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

काठमाडौं : भाटभटेनी प्रा।लि।का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री गरिसकिएको भन्दै उनले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’ उनले कम्पनीका सञ्चालकहरुमा आफू, श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेको बताएका छन्…

Read More

धनगढी : धनगढीमा प्रहरीले भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका ३८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार साडी, लेडिज सुट,कुर्ती लगायतका सामानहरु बुधवार साँझतिर गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाबाट बुधबार लागुऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बेलौरी नगरपालिका–६ बाट कैलाली गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका –७ देवहरिया बस्ने २३ वर्षीय रेशम रानालाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए । यस्तै, भिमदत्त नगरपालिका– १० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित…

Read More

काठमाडौं :अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी मन्त्रालय तानिएका छन् । साउन पहिलो साताको सुन तस्करीमा जोडिएका दावा छिरिङसँग सम्बन्ध राखेको विषय बाहिर आएसँगै गृह मन्त्रालयले उनलाई सिंहदरबार बोलाएको हो । ६१ किलो सुन तस्करीका मुख्य हर्ताकर्ता भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावासँग अधिकारीले पटक–पटक सम्पर्क गरेको विषय केही दिनयता सार्वजनिक भइरहेका छन् । हिजो संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले समेत यस सम्बन्धमा प्रश्न उठाएका थिए । सीआइबीले सुन तस्करीको छानबिन गरिरहँदा यस्ता विषय बाहिर आएपछि अधिकारीलाई छानबिनका लागि मन्त्रालय लगिएको जनाइएको छ ।

Read More

धनगढी: कञ्चनपुरको भूमिमा बनाइएको भारतीय सिमा सुरक्षा बल (एसएसबी)को क्याम्प हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडास्थित नेपाली भूमिमा राखिएको एसएसबीको क्याम्प हटाइएको हो। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले कोरोनाकालमा क्याम्प राखेको थियो भने ७/८ महिनादेखि एसएसबीले क्याम्प निजिकै ब्यारिएल लगाएको थियो। सो विषयमा मिडियाले समाचार सम्प्रेषण गरेपछि सिडिओले उक्त कमद चालेका हुन्।

Read More

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन्। आज गौरा पर्वको शुभकामना सन्देश जारी गरेर उनले नेपालभर र विश्वभरि छरिएर रहेका प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । गौरा पर्व प्रदेशभर भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । गौरा पर्वमा महिलाले निराहार रही घरघरमा तामा वा पित्तलको भाँडोमा बिरुडा भिजाउने, धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने गर्दछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाले शिव पार्वतीको पूजाआजा गरी अष्टमीको दिनलाई विशेष श्रद्धाभक्तिका साथ मनाउने गर्दछन् । जारी सन्देशमा…

Read More

धनगढी: बाजुरामा काठे पुुल भाच्चिदा एक युवक बेपत्ता भएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका– ३ लौठारुख बस्ने २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाच्चिदा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी भैसी र भैसिको पाडोसहित पुल तर्ने क्रममा अचानक काठे पुल भाचिएपछि बेपत्ता भएका हुन्। भैसिको पाडो र लुुहार खोलामा बगेर बेपत्ता भएपनि भैसी भने खोलाको किनारमा जिउदै भेटिएको छ।

Read More

काठमाडौैँ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बैठकले स्व. नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक…

Read More