Author: महेन्द्रनगर पोष्ट

कैलाली: यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी नेपाली बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। नेपालको पश्चिमी नाका बैतडीको झुलाघाटबाट ३७० किलोमिटर दुरीमा रहेको भारतको गौरीकुण्डमा बिहीबार राति पहिरो खसेको  हो। यहाबाट केदारनाथ ७१ किलोमिटर दुरीमा रहेको छ।  सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले…

Read More

काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि आज शनिवारदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ। सीटीईभीटीले शनिवार र बुधवारका लागि निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रवार सूचना जारी गरी स्थगित गरेको हो। चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो। सीटीईभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिस्टेण्ड, डेन्टल हाइजेनिस्ट लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा…

Read More

दोलखा: दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । शुक्रबार विहान गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको शव फेला परेको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको छ । दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले पहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय ५० वर्षीया देवीमाया मगरको शव फेला परेको जानकारी दिए । बिहीबार राति बस्तिमाथि वाट खसेको पहिरोले टोपाटारका ५ घरमा क्षेति पु¥याउनुको साथै एक बालकसहित चार जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम…

Read More

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का दिनेश बिष्टले इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन । कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् । उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरे । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव बढाएकोमा प्रसंसा गरे । उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले…

Read More

काठमाडौं : गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो। स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् । त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् । योसँगै माओवादीको…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ। एकीकृत समाजवादीको साउन १९ मा बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको छ । कर्माचार्य एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पनि थिए। उनी पूर्व सांसद पनि हुन्। उनका गतिविधिको भ्रममा नपर्न एकीकृत समाजवादीले आफ्ना कार्यकर्तालाई आह्वान पनि गरेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट छ लाख बढी मुल्यका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ र १० बाट विभिन्न समयमा भन्सार छलीका अन्दाजी ६ लाख २६ हजार मुल्य बराबरका खाद्य सामाग्री, कोट पाईन्टको कपडा, टि।सर्ट र चिनी लगायतका सामाग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृतले सेवाग्राहीसँग कमिसन मागेको आरोप लागेको छ। नगरपालिकाको कृषि शाखाका अधिकृत गोकुल भट्टले कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेको हो। नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण भेटिएको जनाएको छ। भट्टले समूहहरूलाई रातिको समय फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेको कृषकहरूले बताएका छन्। उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका हुन्। तर,…

Read More