Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरबाट अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने गिरोह पक्राउ परेको छ । भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडमा कार्यालय स्थापना गरेर अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने नेपाली र भारतीय नागरिक पक्राउ परेका हुन । चार महिना देखि कार्यालय स्थापना गरेर नेपाल टेलिकमको SIP PBX Connection गरि callbypass गरिरहेको अवस्थामा ३ जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा भारतको दिल्लीका ४९ बर्षीय गुल्जार अहमद, कञ्चनपुरको दोधरा चाँदनी – ७ का ४० बर्षीय प्रविण खड्का, भिमदत्त नगरपालिका – १० जिमुवाका ४७ बर्षीय दिपक सिंह बोहरा रहेका छन । उनीहरुको साथबाट नेपाल टेलिकमको ०९९५९७००० ल्यान्डलाईन…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा थापा मुख्यमन्त्री नियुक्ति भएकाले त्यसलाई असंवैधानिक ठहर गरेको हो । कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उक्त नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले थापा पदमुक्त हुने आदेश दिएको हो । आदेशमा सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नमिल्नेसमेत बताइएको…

Read More

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर गरेको हो। आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब-इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा अस्वभाविक रुमाप बढी मुल्यांकन नापी…

Read More

काठमाडौँ: सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरेको थियो । तर, शिक्षक सेवा आयोगले पुरानै व्यवस्था अनुसार लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ । निम्न माध्यमिक तहका लागि आयोगले लाइसेन्स आवेदन आह्वान गरेको छ । जसमा विगतझै मापदण्ड तोकिएको छ । बजेट वक्तव्यमा व्यवस्था भएअनुसारका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन हुनुपर्ने आयोगले जनाएको छ । संशोधन नगरी नयाँ व्यवस्था…

Read More

अछाम: अछामको मंगलसेन बजारस्थित एक घरमा आज बिहान आगलागी भएको छ । मंगलसेन नगरपालिका-५ बजारस्थित मीना भण्डारीको दुईतले पक्की घरको दोस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगलागी नगरपालिकाको दमकल, सुरक्षाकर्मी एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको बताइको छ । क्षतिको विवरण आउन बाँकी छ भने आगलागीको कारण खुल्न सकेको छैन ।

Read More

काठमाडौँ: कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताउँदै फेरि निर्वाचन खर्च सार्वजनिक गरेको पनि बताएका छन् । ‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः…

Read More

एजेन्सी: भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका हुन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा दिन नियमहरू परिवर्तन गरिने बताएका छन् । यो परिवर्तनले सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्ने उनको भनाइ छ । अहिले सिक्किममा सुत्केरीलाई तलबसहित छ महिनाको बिदा दिने कानुन रहेको छ । भारतका राज्यहरूमध्ये सिक्किममा सबैभन्दा कम छ लाख ७१…

Read More

डडेल्धुरा: जिल्लाको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका-७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज (बिहिवार) बिहान मृत फेला परेकी हुन्। दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेको थियो। उनी हिजो राति १२स्३० बजे घरबाट हराएकी थिइन्। रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको ४ गते सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ । सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताए । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा। प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति…

Read More