काठमाडौँ: सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको ४ गते सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box