काठमाडौँ: सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरेको थियो । तर, शिक्षक सेवा आयोगले पुरानै व्यवस्था अनुसार लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ ।
निम्न माध्यमिक तहका लागि आयोगले लाइसेन्स आवेदन आह्वान गरेको छ । जसमा विगतझै मापदण्ड तोकिएको छ । बजेट वक्तव्यमा व्यवस्था भएअनुसारका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन हुनुपर्ने आयोगले जनाएको छ । संशोधन नगरी नयाँ व्यवस्था अनुसार गर्न नसकिने आयोगको भनाइ छ ।
Facebook Comments Box