Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गरेका छन् । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उनले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गरेका छन् । एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उनीहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छन् । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।” कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए। उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने…

Read More

धनगढीः कञ्चनपुरको नेपाल भारत सीमा नाकाबाट एक बालिकाको उद्धार गरिएको छ । जिल्लाको दोधारा चाँदनी नाकाबाट बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ की १६ वर्षीया एक बालिकाको उद्धार गरिएको हो । सोही ठाउँका १७ वर्षीय नरेश चँदाराले ती बालिकालाई बिवाह गरेको बहानामा भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरेको शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले जनाएको छ । बालिकालाई ललाइ फकाइ गरी कामको खोजीमा भारत लैजान लैजाँदै गर्दा उद्धार गरिएको बताइएको छ । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए । पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध…

Read More

बैतडी: बैतडीमा गँड्यौला मल विक्री गर्न थालिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले गँड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको थियो । अहिले मल विक्री कार्य सुरु गरिसकेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । धनगढीबाट गँड्यौला ल्याएर मल उत्पादन गरिएको बताइएको छ । झण्डै १५ क्विन्टल गँड्यौला मल उत्पादन भएको र जिल्ला दररेट अनुसार प्रतिकिलो ४० रुपैयाँका दरले विक्री गर्न थालिएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । बैतडीमा सुख्खा फलफूल विकास केन्द्रले पहिलो पटक गँड्यौला मत उत्पादन गरेको हो । सुख्खा फलफूल विकास केन्द्रले बैतडीका विभिन्न ठाउँका किसानलाई गँड्यौला…

Read More

कैलाली: कैलालीमा प्रहरीले अवैध काठ फेला पारी नियन्त्रणमा लिएको छ । जिल्लाको कैलारी गाउँपालिका-२ स्थित कटैनी नदीको ढिकमा अवैध रूपमा रहेको काठ इलाका प्रहरी कार्यालय हसुलियाले बुधवार नियन्त्रणमा लिएको हो । १ गोलिया ४२.३० क्युफुट सालको काठ र १ गोलिया २२.६४ क्युफुट असनाको काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय उदासिपुरको जिम्मा लगाइएको इप्रका हसुलियाले जनाएको छ ।

Read More

बैतडी: सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै, कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका…

Read More

कैलाली: कैलालीमा ४ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय चौमालाको टोलिले ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

तनहुँ: तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ। अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।  सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। उक्त घटनामा छोरी कुसुम…

Read More

काठमाडौं: सरकार माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने तयारीमा लागेको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले संघीय संसदमा पठाउन स्वीकृत गरेको विधेयकमा एसईई परीक्षा खारेज गर्ने प्स्ताव गरेको छ । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । संसदमा पठाउन लागिएको विधेयकको मस्यौदामा आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने गरी एसइई खारेज गर्ने प्रस्ताव गरिएको बताइएको छ । कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि…

Read More