Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति भने कोशी प्रदेश सहित देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी…

Read More

काठमाडौँ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम…

Read More

धनगढी : धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले १५ दिने निःशुल्क रगत जाँचसहित विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने भएको छ। धनगढीउपमहानगरपालिका–२, पुरानो भन्सार रोड चोकमा रहेको सौभाग्य हस्पिटलले पहिलोपटक १५ दिने निःशुल्क रगत जाँच सहित विषेशज्ञ डाक्टरले निःशुल्क परामर्श तथा उपचार सेवा असार २५ गतेदेखि दिन लागेको हो । निःशुल्क विषेशज्ञ सेवाहरूमा पेट मुटु र छाती, हाड जोर्नी तथा नसा सम्बन्धी छाती दुख्ने, पोल्ने श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाउने अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, हातखुट्टा दुख्ने, कमक्रम हुने पोल्ने, हातखुट्टा दुख्ने,…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ११ हजार नौँ सय मुल्य बराबरको कुर्ती, कुर्ता शुरुवाल, धोतीसहित बाजुराको बुढीगंगा नगरपालिका–६ का २८ वर्षीय दिनेश भारती र सोहि पालिकाका ३६ वर्षीय प्रकाश नाथलाई शनिवार दिउँसो प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कैलालीको भजनी नगरपालिका–५ हिम्मतपुर र सोहि नगरपलिका–७ को चर्रामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मुल्य बराबरका ब्रोईलर कुखुरा शनिवार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। ब्रोईलर कुखुरालाई प्रहरीले कानून बमोजिम नष्ट गरेको जनाएको छ।

Read More

काठमाडौँ : तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ-ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो। तीनदेखिकाे वर्षाले कर्णाली करिडोरको खुलालु,जाजरकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको थियो। करिडोरको लाली घाट खण्ड पनि निकै जोखिम छ। सान्नीत्रिवेणी गाउँपालिका १ को लुसा गाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ। फुकोट कर्णाली अर्धजलासय आयोजनाको काम भइरहेकाले स्काभेटरले सडक पञ्छाएर आउजाउ गराए पनि निरन्तर हिलो माटो बगिरहेकाले कुन बेला ठूलो पहिरो आउँछ भन्न नसकिने प्रहरीको भनाइ छ।

Read More

धनगढी : संघीय सरकारले तलब नपठाउँने स्वास्थ्यकर्मीलाई कैलाली र कञ्चनपुरका स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको छ । धनगढीमा बसेको दुवै जिल्लाका नगर प्रमुख तथा अध्यक्षहरुको दोस्रो समन्वयात्मक बैठकले दरबन्दीभन्दा बढी संख्यामा रहेका स्वास्थ्य सेवाका कर्मचारीहरूको तलब संघीय सरकारले उपलब्ध नगराउने निर्णय गरेकाले दरबन्दी बाहेकका थप कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । बैठकपछि निकालिएको विज्ञप्तिमा भनिएको छ– ‘बैठकबाट कर्मचारी समायोजन ऐन २०७५ बमोजिम साविकमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुरमा जिल्लाका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवम् कामकाजका लागि खटी रमाना भई आएर हाजिर भई कामकाज गरिरहेका…

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गलत गरेको बताएका छन् । प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले राजीनामा माग गर्नु गलत भएको बताए । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली गएको भन्ने भभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको…

Read More

काठमाडौँ : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन्। दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो । पार्टी निकट कानुनी व्यवसायीहरूको सङ्गठन ‘समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको तर्क समेत गरे। उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। सोही ठाउँका १९ वर्षिय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ। घटनाको थत अनुसन्धान जारी रहेको छ।

Read More

काठमाडौँ : राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा लालपुर्जा वितरण गरिएको हो । पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी लालपुर्जा वितरण गर्ने तयारी थालिएको बताए । शान्तिपुरमा विसं २०२४ देखि मानव बस्तीको विकास भएको थियो । ‘कृष्णपुर नगरपालिकाबाट अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सुरु गरिएको छ’, आयोगका अध्यक्ष ढुङ्गानाले भने, ‘बेदकोट, दोधारा चाँदनी र बेलौरीमा पुर्जा वितरणको तयारी भइरहेकाले क्रमशः सबैलाई वितरण गरिने छ…

Read More