Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा…

Read More

कैलाली: प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए। परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन्। को हुन् श्रेष्ठ ? ३१ औं प्रधानन्यायाधीशका रुपमा नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन्। ‘क्याडर जज’ रहेका श्रेष्ठलाई न्याय सेवाको लामो अनुभव रहेको छ। डोटी जन्मस्थान भई कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय कुलेश्वरमा बस्दै आएका छन्। कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८…

Read More

कैलालीः कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं : जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल तोकिएका छन्। यसअघि परिसरको प्रवक्ता रहेका एसपी सीताराम रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा काज सरूवा भएपछि एसपी ढुंगेललाई उक्त जिम्मेवारी दिइएको हो। मकवानपुर प्रहरी प्रमुख रहेका एसपी वामदेव गौतम उमेर हदका कारण अवकाशमा गएपछि रिजालको त्यहाँ काज सरूवा गरिएको हो। रिजालको काज सरूवासँगै परिसरद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमरूमा सम्प्रेषण गर्नका लागि ढुंगेललाई सो जिम्मेवारी प्रदान गरिएको हो।

Read More

डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएकाहरु बेचिएका छन्। अमरगढी नगरपालिका-४ का उनीहरुले देखावटी निवेदन दिएर प्रशासन र मिडियालाई पंगु बनाएका छन्। उक्त खुलासा भएपछि ५ स्थानीयले हिजो जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उनीहरुले किर्ते हस्ताक्षर गरि आफ्नो नाम बाट त्रीपाल, टिन र जस्ता कुम्ल्याएको भन्दै कारबाहीको माग गरेका थिए। तर, आजै उनीहरुले दबाबमा आएर निवेदन दिएको भन्दै कुनै कारबाही अगाडि नबढाउन भनेर अर्को निवेदन दिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले बताए। ‘हामीले केही मनमुटाव भएर उक्त निवेदन दिएको भन्दै कारबाही नगरिदिन हुन भनेर आज पाँचैजनाले अर्को निवेदन…

Read More

काठमाडौँ : संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका हुन् । गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका…

Read More

काठमाडौँ : संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । यस्तै महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवेदन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको उनले बताए । यसका…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएको ३ सय ७६ केजी ९ सय ६९ ग्राम सुन खरिद गरेको छ । पछिल्लो ५ वर्षमा (आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८०)सम्म राष्ट्र बैंकले २ अर्ब १२ करोड १२ लाख ५६ हजार बराबरको सुन खरिद गरेको हो । अवैध सुन बजार मूल्यको ५ प्रतिशत बढी दिएर खरिद गरिँदै आएको केन्द्रीय बैंकले जनाएको छ । भन्सार शुल्क नलागेको भएर ५ प्रतिशत बढी मूल्य दिइएको हो । राष्ट्र बैंकले यसलाई असर्फी बनाउन प्रयोग गर्दै आएको छ । यो अवधिमा अवैध रूपमा भित्रिएको ९ सय ९४ केजी ५ सय ६७ ग्राम चाँदी खरिदमा राष्ट्र…

Read More

काठमाडौँ: लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०८० वैशाख ३०, ३१ र जेठ २ गते सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद्तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 134_16696_16702_ADMIN_OFFICER_2078_79-1Download

Read More

कैलालीः कैलालीमा भन्सार छलीका कपडा बरामद गरिएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–.३ बाट भन्सार छलीका अन्दाजी एक लाख ३४ हजार बराबरको लेडिज सुट, मोटरसाईकलका विभिन्न पार्टपुर्जाहरुसहित मोटरसाईकल एक थान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। यसैगरि, धनगढी उप–महानगरपापिलका–९ बङ्ग्राकटानबाट पनि भन्सार छलीका अन्दाजी २५ हजार मुल्य बराबरका लेडिज कुर्ती, लगेज लगायतका सामान प्रहरीले बिहीबार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बराममद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Read More