Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ। यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो। वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा  बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ। सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे। नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग गरेको हो।  नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए। “बस्तीबाट ४०र५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ”, नगरप्रमुख लिम्बूले भने, “अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।” उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए । अहिले उक्त…

Read More

धनगढीः कैलालीको धनगढीमा अनुमति विना क्लिनिक सञ्चालनमा रहेका पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुवैजना विरुद्द मुलुकी अपराध संहिता २०७४…

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाको रिङ्गरोडबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पूजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो। मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन्। उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन्। ती…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई…

Read More

धनगढीः धनगढीका दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार उपमहानगरपालिका वडा नम्बर ५ मटियारीका २९ वर्षिय लक्ष्मण खड्का र २० वर्षिय आदित्य चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई कञ्चनपुरको पुनवार्स नगरपालिका वडा नम्बर ४ कारगिल डाँडाबाट आठ सय ४० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

Read More

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको…

Read More

धनगढी : दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।  सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४/१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।

Read More

दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ। बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।

Read More