Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा एक घाइते गाईको उद्दार गरिएको छ। सदरमुकामको गोरक्षबाबा मन्दिर नजिक भेटिएको उक्त घाइते गाईलाई उपचारका लागि पशु सेवा कार्यालयमा लगिएको हो। अमरगढी नगरपालिका-८ का वडाअध्यक्ष नरबहादुर साँकी, प्रहरी र स्थानीय युवाको सहयोगमा गाईलाई उद्दार गरिएको युवा सुरत तमोलीले बताए। आज बिहान मात्रै आफुहरुले स्याउले नजिक गाडीको ठक्करबाट मरेको गाईको शवसमेत व्यवस्थापन गरेको उनले बताए।

Read More

धनगढी : धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेको प्रहरी नायब उपरीक्षक…

Read More

धनगढीः सुदूरपश्चिमका वन निर्देशक हेमराज विष्टले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। आज मंगलबार विशेष अदालतबाट गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा प्रतिवादी विष्टसहितका दुई जनाले सफाइ पाएका हुन्। विशेष अदालतले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अभियोग ठहर नहुने फैसला सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो। विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो। विष्ट सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशन थिए। खारेज भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा…

Read More

बैतडी : बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो। संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभियान समेत थालिएको छ।

Read More

योगेन्द्र रावल, डडेल्धुरा: आज(मंगलबार) सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सरस्वती खड्काले हातमा कुचो थियो। उनी डडेल्धुरा सदरमुकामस्थित अस्पताल रोडमा कुचोले बढार्दै थिइन्। केही बेरअघि डडेल्धुरा अस्पतालको अनुगमन गरेर फर्केकी उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गर्ने कार्यक्रममा सरिक भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय र डडेल्धुरा अस्पतालको सहकार्यमा उक्त सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी तथा आम नागरिकको सहभागितामा तुफानडाँडाबाट अस्पताल परिसर सम्म सरसफाई गरिएको डडेल्धुरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए। उक्त कार्यक्रममा सांसद सरस्वती खड्का, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर प्रशाद भट्ट, सशस्त्र प्रहरी बलका डिएसपी बिरेन्द्र पाल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जिरेन्द्र…

Read More

धनगढीः अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, अछामको प्रहरी टोलीले अबैध भरुवा बन्दुक फेला पारेको हो। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो। विषेश सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो। बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी हरेको बताएको छ।

Read More

धनगढीः डडेल्धुराको एक बाख्रा गोठमा आगलागी भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ४ का नेत्रलाल बोहराको गोठमा आगो लागेको हो। प्रहरीका अनुसार उनको बाख्राको एक कोठाको जस्ताले छाएको गोठमा मंगलवार बिहान आगो लागेको हो। लामखुट्टे धपाउन बालिएको आगो गोठमा सल्किएको थियो। एक खसी र दुई बोका जलेर मरेका छन्। स्थानीय र प्रहरीको सहयोगमा बाँकी १० वटा बाख्राको उद्दार गरिएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढी विमानस्थलमा विभिन्न तहका कर्मचारी आवश्यक परेको भन्दै गलत सूचना सार्वजनिक भएको पाइएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक जनाले गलत सूचना सार्वजनिक गरेको पाईएको हो । धनगढी विमानस्थलका अनुसार निरा थापामगर नामको फेसबुकबाट विमानस्थलमा विभिन्न प्रकृतिका कामदार चाहिएको भन्दै गतल सूचना सार्वजनिक भएको थियो। उनले मोबाइल नमबर ९८२७४२९८७४ मा सम्पर्क गर्न आह्वान गरेकोमा गतल भएको विमानस्थल कार्यालयले जनाएको छ। धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी आवश्यकताको सूचना गलत भएको बताएका हुन। उनले फेसबुकको सूचनाको आधारमा कार्यालयमा सर्वसाधरण कामका लागि आउने गरेको बताए। उनले विमानस्थल कार्यालयमा कुनै पनि कामका लागि कर्मचारी आवश्यक नभएको…

Read More

काठमाडौँ : संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलवार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो। ‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौँ। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। संवैधानिक परिषद्ले असार २० गते अगावै प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेमा बैठक बस्नै विलम्ब भएको थियो। उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चको रोलक्रममा अहिले न्यायाधीश…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८० मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Read More