धनगढीः कैलालीस्थित धनगढी विमानस्थलमा विभिन्न तहका कर्मचारी आवश्यक परेको भन्दै गलत सूचना सार्वजनिक भएको पाइएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक जनाले गलत सूचना सार्वजनिक गरेको पाईएको हो ।
धनगढी विमानस्थलका अनुसार निरा थापामगर नामको फेसबुकबाट विमानस्थलमा विभिन्न प्रकृतिका कामदार चाहिएको भन्दै गतल सूचना सार्वजनिक भएको थियो। उनले मोबाइल नमबर ९८२७४२९८७४ मा सम्पर्क गर्न आह्वान गरेकोमा गतल भएको विमानस्थल कार्यालयले जनाएको छ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी आवश्यकताको सूचना गलत भएको बताएका हुन।
उनले फेसबुकको सूचनाको आधारमा कार्यालयमा सर्वसाधरण कामका लागि आउने गरेको बताए। उनले विमानस्थल कार्यालयमा कुनै पनि कामका लागि कर्मचारी आवश्यक नभएको बताए।
Facebook Comments Box