Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एक जना सशस्त्र प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् ।काठमाडौं स्थित पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा सशस्त्र प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका हुन् । नाइलनको डोरीले रुखमा पासो लगाई रामेछाप घर भएका २१ वर्षीय समिर बस्नेत झुण्डिएका हुन् । मृत अवस्थामा फेला परेका उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणमा कार्यरत उनको आत्महत्याबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ : ललितानिवास जग्गा हिनामिना प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो । यसअघि सर्वोच्च अदालतले पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वोच्चले उनीहरूको रिट खारेज गरेको हो । सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेको थियो । तर, उनीसँग पक्राउ नगर्न सर्वोच्चले दिएको आदेश रहेको खुलेपछि प्रहरीले छोडेको थियो । यससँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

Read More

काठमाडौं: युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।

Read More

विराटनगर : सुनसरी-धरान सडकखण्डमा गोली प्रहारबाट घाइते भएका विराटनगरका एक युवकको ज्यान गएको छ। शुक्रबार बेलुका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो। उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेकोमा चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Read More

विराटनगर: सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन्। मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो। धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ। चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ। सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए।

Read More

धनगढी : कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् । कैलारी गाउँपालिका–५ मनिकापुरमा से ७ प २९५३ र से ६ प २८५३ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोदावरी नगरपालिका–५ का २७ वर्षीय अमृत राना सामान्य घाईते भएका छन् भने अर्का चालक कैलारी गाउँपालिका–३ का सन्जु चौधरी पनि घाइते छन् । चौधरीको धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चौधरीको बाइक पछाडि सवार दुई जना सामान्य घाइते छन् । उनीहरुको हसुलिया अस्पालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौँमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

Read More

बारा : बिमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरुले हिमालयन एभरेष्ट बिमा कम्पनीको सिमरास्थित कार्यालयमा तालाबन्दी गर्ने भएका छन् । आन्दोलनको अगुवाइ गर्दै आएको बारा केरा तथा फलफूल उत्पादन संघले निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गते बिमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएको हो ।  संघका अध्यक्ष एकबहादुर श्रेष्ठले आन्दोलनको पहिलो चरणअन्तर्गत साउन ५ र ६ गते किसान जागरण कार्यक्रम संचालन गर्ने, साउन ७ गते निजगढस्थित पूर्वपश्चिम राजमार्गमा किसान र्‍याली तथा कोण सभा र त्यसपछि पनि माग पूरा नभए कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा संघका सदस्य गोविन्द खरेल, मानबहादुर…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य हो भनेकी छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरूको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन् । नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिइन्। उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली काँग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र काँग्रेसका नेताहरू सफल हुने धारणा राखिन् । पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गरीन् । “निर्वाचन…

Read More

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जनाले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले रिट खारेज गरिदिएको हो। रिटको पक्षमा गत वर्ष साउनमा जारी अन्तरिम आदेशसमेत सर्वोच्चले खारेज गरिदिएको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो। सर्वोच्चको यस निर्णयसँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्न…

Read More