अछाम: अछामको मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त प्रहरी पोष्टको शुक्रवार अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले उद्घाटन गरेका हुन् । कालागाउँको मेलपोखरामा स्थापना गरिएको अस्थायी पोष्टको कार्यक्षेत्र मंगलसेन नगरपालिका–१० र ११ जुपु, १२ बान्नातोली, रामारोशन गाउँपालिकाका–१ मलातीकोट र बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना रहनेछ । अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले उक्त अस्थायी प्रहरी पोष्टमा असइको नेतृत्वमा सात जना प्रहरी खटाइएको बताए ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: आर्थिक वर्ष २०७९–८० मा लागुपदार्थ सेवन ९लापसे० गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाएरचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९…
खलङ्गा: भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ दार्चुलाको महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । “ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ”, स्थानीय नरभान…
काठमाडौँ: नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् । ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’ सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र…
धनगढी: कैलाली सुरक्षाकाका दृष्टिकोणले संवेदनशील मानिन्छ। त्यसैकारण यहाँको सुरक्षा चुस्तता र व्यवस्थापन चासोको विषय बन्ने गर्दछ। अहिले कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक देबेन्द्रबहादुर पालले सम्हालिरहेका छन्। उनी सुदूरपश्चिमकै स्थायी बासिन्दा समेत हुन्। लामो समय केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार अनुसन्धान आयोग, अपराध महाशाखा र पाँच महिना रानीपोखरीमा प्रहरी उपरीक्षकको भूमिका निर्वाह गरेका उनी अनुभवी प्रहरी अधिकृत कहलिन्छ्न्। उनै पाल हाल कैलालीमा प्रहरी उपरीक्षक भएर कमान्ड सम्हालिरहेका छन्। उनी आइसकेपछि जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था के कस्तो छ ? लगायत अन्य थप विविध पक्षबारे केन्द्रित रहेर महेन्द्रनगरपोष्टले कुराकानी गरेको छ। प्रस्तुत त उक्त वार्तालापको संम्पादित अंश: अहिले जिल्लाको शान्ति सुरक्षाको अवस्था के…
सोल: दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका ६ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् । बाढी पहिरोका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ । पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो । उत्तरी…
कञ्चनपुर: कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । “राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध ९मलामास० पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ”, उनले भने, “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।” तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण…
कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट र कैलालीको टिकापुर नगरपालिका–१ का २८ वर्षीय लक्ष्मण रावल रहेका छन् । प्रहरीले भट्टलाई गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो भने रावललाई टिकापुर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले चेकजाँच गर्दा भट्टको साथबाट लागुऔषधसहित एन्ड्रोइड मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाण्डौँको तीन ओटा चेक फेला पारेको थियो । त्यस्तै, रावललाई इलाका प्रहरी…
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् । स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्षदेखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएकी छन् । अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवाभन्दा बढी आफन्तहरू ओसारपसार गर्नेदेखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख…
धनगढीः कैलालीको जानकी गाउँपालिकामा महिलाको शव फेला परेको छ। जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।